पोखरा । पोखरा महानगर बनेपछि जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको ५ वर्ष पुग्नै लागेको छ । यस अवधिमा महानगरले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको ‘महानगरका पाँच वर्ष’ पुस्तक विमोचन गरिएको छ । सो पुस्तकको महानगर प्रमुख मानबहादुर जिसीले विमोचन गरे ।
जिसीले पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगरबारे योजना बनाउन सघाउने उल्लेख गरे । पोखराबारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यो पुस्तक महत्वपूर्ण अभिलेख भएको भनाइ जिसीको छ ।
महानगरको यो कार्यकाल संघीयता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीको कार्यकाल भएको उनको भनाइ छ । नागरिकले आफूलाई सार्वभौम भएको अनुभूति गर्ने गरी संघीयता कार्यान्वयनको पहिलो चरणमा काम गर्न पाउँदा गौरव लागेको जिसीको भनाइ छ ।
कार्यक्रममा पुस्तक लेखन तथा सम्पादनको नेतृत्व गरेका राजनीतिक विश्लेषक झलक सुवेदीले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित यो पाँच वर्षमा भएका महत्वपूर्ण उपलब्धि र विविध विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पोखराबारे नीति, निर्माण गर्न तथा दीर्घकालीन योजना बनाउन पुस्तकले मार्गनिर्देश गर्ने भनाइ सुवेदीको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले पुस्तक प्रकाशन महत्वपूर्ण कार्य भएको बताए । पुस्तकले पोखराको समग्र पाटोलाई समेटेकाले यो ऐतिहासिक दस्तावेज भएको उनको भनाइ छ । पुस्तकमा पोखरा महानगरको परिचय, महानगरको संगठनात्मक संरचना, निर्वाचित जनप्रतिनिधिको परिकल्पना, प्राप्ति र भविश्य, यो ५ वर्षमा भएका मुख्य उपलब्धि, महिला र दलित महिला सदस्यका अनुभूति, विविध गतिविधि र कार्यहरु, विभिन्न क्षेत्रका व्यक्तित्वले पोखराबारेमा दिएका विचारका साथै यो ५ वर्षमा ३३ वटै वडामा भएका काम समेटिएको पोखरा महानगर प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१