सहकारीकर्मीलाई भावनात्मक प्रतिभा कार्यशाला

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
news cmc

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कास्कीको आयोजना तथा मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा शनिबार पोखरामा इमोसनल इन्टेलिजेन्स वर्कसप भएको छ । कास्की जिल्ला स्थित सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्ष्य गरी कार्यशाला सम्पन्न भएको हो ।

सिएमसी कास्कीका मानार्थ सदस्य भीमबहादुर गुरुङले तालिम लिनु र प्रमाण–पत्र ग्रहण गर्नु कुनै ठुलो कुरा होइन भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्नु महत्वपूर्ण रहेको बताए । उनले यस्ता प्रकारका तालिमले समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने धारणा राखे । कार्यक्रममा सहभागीका तर्फबाट सुशील केसीले यस्ता खालका कार्यक्रमले हामी व्यवस्थापकहरुलाई थप ऊर्जा प्रदान गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सहभागिका तर्फबाट तालिम आयोजना गरेकोमा सिएमसि कास्की र मनोदर्शन साइकोलोजिकल कन्र्सनप्रति आभार प्रकट गरे । तालिममा मनोदर्शन साइकोलोजिकल कन्र्सनका प्रमुख प्रशिक्षक प्रज्ज्वल आचार्य र प्रशिक्षक दिलीप श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

क्लबका उपाध्यक्ष हरिप्रसाद पन्थीले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाएर लैजाने र विभिन्न संघ सस्थासँगको सहकार्यमा विभिन्न तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । क्लबका संस्थापक अध्यक्ष मीलन ढकाल र निवर्तमान अध्यक्ष डम्बरसिंह बस्नेतको विशेष उपस्थिति रहेको कार्यशालामा ३२ जनाको सहभागिता थियो ।

क्लबका सचिव मोहनप्रसाद अधिकारीले संयोजन तथा सञ्चालने गरेको कार्यक्रममा समन्वयात्मक भूमिका रियल इभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशील पोख्रेल तथा पहल ग्रुपका डाइरेक्ट्रर अशोक पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width