कांग्रेस कार्यकर्ताद्वारा प्रदेश कार्यालय तोडफोड, गठबन्धनका अन्य उम्मेदवारी फिर्ता लिन निर्देशन

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
congress gandaki

पोखरा, १५ वैशाख । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालय तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले बिहीबार पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।

उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका थिए ।

आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

दिउँसो पनि सत्तागठबन्धनतर्फबाट पोखराक मेयर–उपमेयर उम्मेदवारीले गरेको पत्रकार सम्मेलनमा समेत कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए । पोखरामा कुल ३३ वडामध्ये कांग्रेसले २२ र बाँकी वडा गठबन्धनका अन्य दले लिने निर्णय भएको थियो।

यसैबीच, गण्डकी प्रदेशस्थित सत्तासीन पाँचदलीय गठबन्धनले गठबन्धन दलभित्र यसअघि सहमतिका उम्मेदवारमात्र कायम राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले गठबन्धन दलका तर्फबाट दिएका अन्य उम्मेदवारी वा गठबन्धन दलका सदस्यले दिएका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक पहल गर्नुपर्ने निर्देशन दिएको छ ।

बैठकमा कग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, जसपाका प्रदेश अध्यक्ष मोती रिजाल र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बराल सहभागी थिए । उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…

hero news full width