भरतपुरका वागी उम्मेदवारलाई फकाउँदै गृहमन्त्री खाँण

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७९
balkrishna-khad-chitawan

पोखरा । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँण भरतपुर महानगरपालिकामा पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता मिलाउन चितवनमा व्यस्त छन् ।

मन्त्री खाँणले भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक  पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालाई भेटेका छन् । उनले प्रस्तावक सापकाेटासँग  उम्मेदवारी फिर्ता लिने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या पर्ने भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।

गृहमन्त्री खाणले लंकुस्थित सापकोटाको निवासमै पुगेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् । जवाफमा सापकोटाले भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने बताएका छन् ।

गृहमन्त्री खाणले आजै भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई पनि भेट्दैछन् ।

राज्यमन्त्री उमेश श्रेष्ठ समेत यसैका लागि चितवनमा छन् ।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…

hero news full width