पोखराको मेयरमा २३ को मनोनयन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७९
_MG_7745

पोखरा । पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २३ जनाले नाम दर्ता गराएका हुन् । सत्ता गठबन्धनबाट धनराज आचार्य तथा प्रमुख दल एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मौलिक जरोकिलो पार्टीका एन्जल तिमिल्सिना, मंगोल नेसनल अगनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी, आमुल परिवर्तन पार्टीबाट मुना बानियाँले उम्मेदवारी दिएका छन् ।

यस्तै, जनमत पार्टीबाट शरणसिंह मोक्तान, देशभक्त समाजबाट नरबहादुर दमै, रोशनी बानियाँले नेपालका लागि नेपाली पार्टी, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट अनिलकुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट आशीष थापा, नेकपा समाजवादीबाट भेषराज त्रिपाठीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु पनि धेरै छन् । अटेरी अभियानबाट गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह गुरुङ, नन्दप्रसाद तिवारी, सुनिलकुमार कोइरला र ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

गबठन्धनबाटै ३ बागी

गठबन्धनको विरोध र रुखमै भोट हाल्न पाउनुपर्ने मागसहित पोखराको मेयरमा ३ जनाले गठबन्धनबाट बागी उम्मेदवारी दिएका छन् । कांग्रेसका प्रभावशाली नेताहरुले नै बागी उम्मेदवारी दिएका हुन् । नेताहरु नन्दप्रसाद तिवारी, ऋषि सापकोटा र विमलबहादुर कार्कीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । तिवारी नेपाली कांग्रेस कास्कीका पूर्व सचिव हुन् । सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् भने कार्की तरुण दल पोखरा १४ को संस्थापक अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै