पोखरा । स्याङ्जाका नगरपालिकामा नेपाली कांग्रेसले उम्मेदवार चयन गरेको छ । जस अनुसार पुतली बजारको मेयरमा तुलसी रेग्मीले टिकट पाएका छन् भने उपमेयरमा देवी अर्यालले उम्मेदवारी दिने भएकी छन् । पुतलीबजारमा गत चुनावमा एमालेले जितेकाे थियाे ।
वालिङमा वर्तमान मेयर दिलीपप्रताप खाँण र उपमेयरमा कविता तिवारीको निधो भएको छ । वालिङ यसअघि पनि कांग्रेसले जितेकाे हाे ।
भीरकोटमा गोविन्द कर्माचार्य र भगवती अर्याल, चापाकोट मेयरमा देवबहादुर खाँण(ईश्वर), उपमेयरमा इशा राना मगर, गल्याङमा गुरु भट्टराईले टिकट पाएका छन् । नगरपालिका मध्ये गल्याङमा मात्र उपमेयर माओवादीले पाउने गरी गठबन्धन भएको छ । यसअघिकाे चुनावमा चापाकाेटमा कांग्रेस र गल्याङमा एमालेले जितेकाेहाे । भीरकाेटमा गएकाे चुनावमा कांग्रेसले नै जितेकाे हाे ।
यसैगरी नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम गर्नेगरी ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ । शनिबार साँझ बसेको बैठकले गाउँपालिकाको टुंगो लगाएको हो ।
अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार बनाइएका छन् । अन्य ५ वटा पालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र अन्य केही पदहरु दिनेगरी उम्मेदवार चयन गरेको पार्टी प्रवक्ता भरत लम्सालले जानकारी दिए ।
उनका अनुसार अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी फेदीखोलामा लक्ष्मीप्रसाद बराल, आँधीखोला गाउँपालिकामा प्रेमराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, विरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो ।
उपाध्यक्षसहित तोकिएका संख्यामा केही अध्यक्ष र सहस्यहरुमा गठबन्धनले निर्णय गरेर पठाउने भएका छन् । नेकपा एमालेको पकड क्षेत्र मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्याग गरी केही साताअघि कांग्रेसमा प्रवेश गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१