भानुभक्त वाङ्मय प्रतिष्ठानमा सरुभक्त

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
Bhanubhakta s

पोखरा । भानुभक्त वाङ्मय प्रतिष्ठानको साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा हनिफ मियाँ, सचिव अम्बिकाप्रसाद भट्टराई र कोषाध्यक्ष पद्मराज ढकाल निर्विरोध चयन भए । समितिले सदस्यमा हरिदेवी कोइराला, डा. तुल्सी प्रवास खनाल, डा. बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदीप पौडेल, मिठु गुरुङ, शिवबहादुर थापा र बलराम पोखरेल चयन भए ।

यसअघि सभामा बोल्दै सरुभक्तले २०७१ सालमा संस्था गठन भएलगत्तै यसले महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताए । उनले यसबीचमा फूलबारीमा भानुको पूर्णकदको सालिक राख्न सकेको स्मरण गरे ।

कार्यक्रममा कोषाध्यक्ष पदमराज ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, संस्थाका उपाध्यक्ष हनिफ मियाँले स्वागत र सचिव अम्बिकाप्रसाद भट्टराईले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै