पोखरा । अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा) ले गाडीको आयातमा लगाइएको प्रतिबन्ध खुलाउनु पर्ने माग गरेको छ।
नाडाको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडीको आयातमा लगाएको प्रतिबन्ध खुलाइदिन आग्रह गरेको हो।
अर्थमन्त्री शर्माले भने अहिलेको अवस्थामा गाडीको आयात खुलाउन सक्ने अवस्था नरहेको जवाफ दिएका थिए। देशको अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दै अर्थमन्त्री शर्माले यस्तो अवस्थामा सरकारलाई सहयोग गर्ने उनले नाडाको टोलीसँग आग्रह गरेका थिए।
परिस्थिति सहज भएलगत्तै गाडीको आयातमा गरिएको कडाइ खुकुलो बनाउने अर्थमन्त्री शर्माले आश्वासन दिए।
भेटका क्रममा नाडाका अध्यक्ष ध्रुब थापाले साढे तीन खर्बभन्दा बढीको लगानी रहेको अटोमोबाइल क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने बताएका थिए।
विदेशी मुद्राकाे सञ्चिति कम भएपछि सरकारले विलासिताका वस्तु आयतमा कढाइ गरेको हाे ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१