पोखरा । बिटी क्लबको आयोजनामा पोखरामा जारी १५ औं बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक, एयरपोर्ट युवा क्लब, हाम्रो एफसी र लेकसाइड क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
पुरानो टुँडिखेलमा शुक्रबार पहिलो खेलमा एलजी एसोसिएसनलाई आयोजक टोलीले १–० गोलअन्तरले पराजित गर्दै अन्तिम ४ मा पुगेको हो । उसको जीतमा भोमोले निर्णायक गोल गरे ।
हाम्रो एफसी र मालेपाटन क्लबको दोस्रो क्वाटरफाइनल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा हाम्रो एफसीले २–१ अन्तरमा जीत हात पा¥यो । जीतसँगै सेमिफाइनलमा हाम्रो एफसीले आयोजकसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्काे क्वाटरफाइनलमा एयरपोर्ट युवा क्लबले करापुटारलाई २–० गोल अन्तरले सहज जीत निकाल्यो । एयरपोर्टको जीतमा सिआर गुरुङले २ गोलको योगदान दिएको आयोजक क्लब अध्यक्ष विजया गुरुङले जनाइन् । अन्तिम क्वाटरफाइनलमा लेकसाइड एफसीले रामघाट क्लबलाई १–० गोलले हराउँदै फाइनल प्रवेशका लागि एयरपार्टसँग भेट सुनिश्चित गरेको छ ।
सेमिफाइनल र फाइनल शनिबार नै हुनेछ । विजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५ हजार रुपैयाँ र ट्रफी दिइने छ भने अनुशासित टिमले ८ हजार प्राप्त गर्नेछ ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१