पोखरा । बलात्कार अभियोगको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदाललते आदेश दिएको छ । यसअघि शाहलाई तनहुँ जिल्ला अदालतले पनि थुनछेक बहसपछि यस्तै फैसला सुनाएको थियो ।
बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार राति नै तनहुँ पठाइएको छ । वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।
यसैबीच, पल शाहले उच्च अदालत पोखरामा तनहुँ जिल्ला अदालतले गरेको फैसलाविरुद्ध तारेखमा राख्न माग गर्दै निवेदन दिएका थिए ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् ।
गत फागुन ११ मा नावालिग किशोरीले विवाहको प्रलोभन देखाइ अभिनेता पल शाहले पटक पटक करणी गरेको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसको एक साता नबित्दै उनले नवलपुरमा पनि अर्को उजुरी दर्ता गर्दाले पलले दोहोरो मुद्दा खेपिरहेका छन् । तर दुवै अदालतले सजाय हुने फैसला सुनाए दोहोरो सजाय भोग्नु पर्दैन।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१