पोखरा । गीतकार हरिहर खनियाको ‘म हराएको छैन’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।
आदर्श म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रचना र संगीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको मुख्य अभिनय रहेको छ ।
माओवादी जनयुद्धमा लागेकी महिलासँग नायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोमा देखाउन खोजिएको छ । २० वर्षअघिको युद्धको पीडापछि पनि आफू नहराएको, बरु सहरको साँघुरो गल्लीको अग्लो घरको अँध्यारो कोठामा जीवन बिताइरहेको सूचना दिनका लागि गीतको सहारा लिइएको कथा म्युजिक भिडियोले प्रस्तुत गरेको छ ।
२०६६ मा ‘दोष’ एल्बम स्रोतामाझ ल्याएका खनियाले आफू स्वयं पनि गीति क्षेत्रमै रहेको सूचना दिनका लागि पनि यो गीत सार्वजनिक गरेको जानकारी दिए । ‘म बिस्तारै बिस्तारै सिर्जना कर्ममै लागिरहेको छु’ खनियाले भने, ‘व्यावसायिक व्यस्तताका कारण नियमित पाठक÷स्रोतामाझ आउन नसके पनि सिर्जना भने गरिरहेकै छु ।’ दोष एल्बममा समेटिएका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई’, ‘सबको पिरतीमा दरबार हुन्छ’, ‘आज मेरो जन्मदिन हो’, ‘म तड्पी तड्पी मर्दा’ लगायत उनका अधिकांश गीत हिट भएका थिए । गीतकार प्रतिष्ठान, नेपालका अध्यक्षसमेत रहेका खनिया लमजुङमा जन्मेर २ दशकदेखि पोखरामा रहेर साहित्य र संगीतमा क्रियाशील छन् ।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१