पोखरा । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।
रेजेडआर स्कुटरको माइलेज प्रतिलिटर ५८ किमी दाबी गरिरहेको अवस्थामा एमएडब्लु इन्टरप्राइजेज यामाहा शोरुम पोखराले रेजेडआरको ३० ग्राहकलाई माइलेज च्यालेन्जका लागि उपस्थिति गराई पोखराको विभिन्न ठाउँमा परिक्रमासहित भुर्जुङखोला, गण्डकी रेन्बो ट्राउटमा पुगेर यस उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
¥यालीका विजेता प्रतिलिटर ७०.९३ किमीका साथ विनय तिमिल्सिना प्रथम भए । प्रतिलिटर ६४.८ किमीका साथ बयनबहादुर केसी दोस्रो र प्रतिलिटर ५९.७ किमीका साथ उत्तम पोखरेल तेस्रो भए ।
यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किमीसम्म उच्चतम माइलेज प्रदान गर्ने एकमात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स अनुरूप, एयर–कुल्ड, फ्युल–इन्जेक्टेड (एफआई), १२५ सिसी ब्लु कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको दाबी छ ।
‘यामाहा नेपालले विश्वास कायम राख्न ग्राहक स्वयंलाई संलग्न गरी यस किसिमको ¥याली निरन्तरता दिइरहनेछ,’ भिएडब्लुका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले भने । कार्यक्रममा विभिन्न किसिमका मनोरञ्जनात्मक खेल खेलाउनुका साथै विजेतालाई उपहार दिइयो ।
यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा यसअघि प्रतिलिटर ७५.८९ किमीका साथ विज्ञान अधिकारी पहिलो विजेता भएका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१