पोखरा । बास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति पोखरा १३ आर्वा को १६ औं वार्षिक साधारण सभा तथा उपभोक्ता भेला शुक्रबार भएको छ ।
भेला पोखरा १३ का अध्यक्ष दर्शन लामाले उद्घाटनपछि खानेपानीको पहुँच सबै जनता सम्म पुर्याउन पहिलो प्राथमिकताअनुसार वडाले काम गरेको बताए । उनले आफ्नो कार्यकालमा वडा नं १३ लाई नमुना वडा बनाएको दाबी गर्दै आगामी दिनमा आफू जहाँ रहे पनि वडाको समग्र विकासमा ध्यान दिने प्रतिबद्धता जनाए ।
रतन पाण्डे माविका प्रधानाध्यापक डिल्लीराम बरालले खानेपानी उपभोक्ता समितिले विद्यालयमा खानेपानीको व्यवस्थापन गरेको उल्लेख गर्दै समितिको काम सराहनीय भएको बताए ।
आर्वा मौजा कुलायन मार्ग सडक उपभोक्ता समितिका अध्यक्ष शरदचन्द्र बरालले आगामी आर्थिक वर्षभित्र आर्वा मौजा कुलायन मार्गअन्तर्गत निर्माण भइरहेको बाँकी सडकको काम निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । भेलामा पत्रकार तथा मोहरपानी आदर्श टोल विकास संस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले समग्र आर्वाको विकास सबैले गम्भीर रुपमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा अमरज्योति आविका प्रधानाध्यापक विमलबहादुर बराल, शान्तेडाँडा सहेले सालघारी वन उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद बराल, जागरण आमा समूहकी अध्यक्ष राधादेवी बराल, अर्ध नारेश्वर टोल विकास संस्थाका अध्यक्ष टीकाराम बराल, छापाको चौतारा टोल विकास संस्थाका अध्यक्ष राधाकृष्ण बराल, उपभोक्ता भोजराज बराल, खानेपानीका कर्मचारी रुद्रनाथ बराललगायतले बोलेका थिए ।
कार्यक्रमबीच विभिन्न पदमा रही काम गरेका तथा जग्गादाताहरु टंकनाथ बराल, गंगादेवी बराल, होमविलास बराल, भोजराज बराल, सुकदेव बराल र रुद्रबहादुर कुइँकेल लाई सम्मान गरिएको छ ।
बास्थला गनगने पँधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष घनश्याम बरालले स्वागत र कोषाध्यक्ष मधुमाया बरालले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१