म्याग्दी । म्याग्दीका अग्रज पत्रकार धु्रवसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार १ लाखको अक्षयकोष स्थापना गरेका छन् । बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उनकी श्रीमती अम्बिका शर्माले दिवंगत छोरी विनीता शर्माको स्मृतिमा स्थापना गरेको अक्षयकोषका लागि १ लाख रुपैयाँ हस्तान्तरण गरे ।
शर्मा दम्पत्तिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर घिमिरे र प्रअ छेमबहादुर गर्बुजालाई नगदका साथै विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । आन्द्राको क्यान्सरबाट थलिएकी विनीताको फागुन १० गते भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा २१ वर्षको उमेरमा निधन भएको थियो ।
नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक उपाध्यक्ष, वर्तमान केन्द्रीय परिषद् सदस्य, नेपाल प्रेस युनियन म्याग्दीका संस्थापक सभापति शर्मा रासस, इमेज च्यानल, आर्थिक अभियान दैनिक, बेनी साप्ताहिकलगायत सञ्चार माध्यममा आबद्ध छन् ।
‘छोरीको उपचारका लागि मेरा आफन्त, छिमेकी, सहकर्मी, संघ संस्था, पूर्व विद्यार्थी, छोरीका साथीहरुबाट २२ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो,’ शर्माले भने ‘उपचारका क्रममा बचेको ६३ हजार रुपैयाँमा परिवारको तर्फबाट ३७ हजार रुपैयाँ थप गरेर विनीताको सम्झनामा अक्षयकोष बनाउने निर्णय गरेका हौं ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरले सरस्वती आधारभूत विद्यालयको स्तरोन्नतिका लागि सञ्चालित आर्थिक संकलन अभियानबारे जानकारी दिए ।
प्रअ गर्बुजाले गत कात्तिक महिनादेखि सुरु भएको अभियान अन्तर्गत हालसम्म २६ जनाबाट २ लाख ५२ हजार ३ हजार ४ सय घोषणा भएकोमा १ लाख ९३ हजार ४ सय रुपैयाँ संकलन भएको बताए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१