पोखरा । पूर्व पर्यटन मन्त्री एवं एमाले नेता रवीन्द्र अधिकारीको स्मृतिमा सोमबार विद्यार्थी राजनीति, विकास र रवीन्द्र अधिकारी विषयक परिसंवाद भएको छ ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको स्मृतिमा त्रिदिवसीय कार्यक्रमअन्तर्गत तेस्रो तथा अन्तिम दिन सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेश १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्व. अधिकारीले विकासमा अघि सारेका योजना अविष्मरणीय भएको बताए । उनको योजना पूरा गर्न सबै प्रतिबद्धता हुनुपर्ने बताए ।
प्राडा भरतराज पहारीले अधिकारी परिवर्तनका एक सफल संवाहक भएको उल्लेख गरे । उनले रवीन्द्र बहुआयामिक ब्यक्ति भएको भन्दै राजनीतिलाई समाज विकासका अनेकन आयामसँग जोड्ने कुशल व्यक्ति भएको बताए ।
राजनीतिक विश्लेषक झलक सुवेदीले रवीन्द्रसँग सबैलाई समेट्न सक्ने खुबी भएकै कारण सबैको प्रिय भएको भन्दै नवीन विचार र ठोस कार्ययोजना लक्ष्यसहित लागिपर्ने व्यक्तिको रुपमा चित्रण गरे ।
कार्यक्रममा प्रतिष्ठान अध्यक्ष समेत रहेकी स्व. अधिकारीकी धर्मपत्नी संघीय सांसद विद्या भट्टराई अधिकारी, वरिष्ठ उपाध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापा, प्रतिष्ठान महासचिव धनराज आचार्य, सदस्य रश्मी आचार्य, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइराला, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख सरोज कोइराला लगायतले रवीन्द्र अधिकारीले विद्यार्थी राजनीति, विकास लगायत विविध क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका थिए ।
त्रिदिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तक्र्रिया, दोस्रो दिन सहिद स्मृति पार्कमा अधिकारीको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली र रवीन्द्र स्मृति दिवस समारोह भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१