काठमाडौं । डोटीका युवा कवि लोकराज भट्टको उपन्यास ‘छाइल’ को आवरण सार्वजनिक गरिएको छ । डोट्याली सभ्यताको सुगन्ध दिने उपन्यास ‘बुक्स हिमालय’ ले प्रकाशन गर्न लागेको हो ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रकाशक पवन शाक्य, उपन्यासकार लोकराज भट्ट र सम्पादक राजकुमार बानियाँले आवरण लोकापर्ण गरेका छन् ।
‘जीवनमा धेरै किताब सम्पादन गरें । पढ्दा आनन्द आएका थोरै किताबमध्ये छाइल एक हो’, सम्पादक बानियाँले भने, ‘यसमा वास्तविक अर्गानिक स्वाद छ ।’
युवा पुस्ताले पढ्नै पर्ने उपन्यासका रुपमा छाइल आउन लागेको उनले बताए । ‘कथा युनिक छ । मिठो भाषा शैली र नविन परिवेशले तानिरहन्छ’, उनले भने, ‘पढ्न सुरु गरेपछि नसकी छोड्न मन लाग्दैन ।’
डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ, छाया । यस उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन् । यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ ।
कार्यक्रममा सुदूरपश्चिमका सांस्कृतिक अध्येता एवं कवि हेमन्त विवशले ‘छाइल’ नेपाली साहित्यमा कोशेढुं्गा बन्ने विश्वास व्यक्त गरे ।
‘सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन । संवाद सूक्तिमय छन्’, विवशले भने, ‘यस उपन्यासलाई काव्याख्यान भन्न सकिन्छ ।’
उपन्यासमा अनाम गाउँका एक युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ । जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ । सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त ? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन् ।
पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो । यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ ।
डोटीको केआई सिंह गाउँपालिका, वायलमा जन्मेका भट्टको पहिलो आख्यान पुस्तक हो, ‘छाइल’ । अत्यन्त उत्साही र जाँगरिला युवा लेखक भट्टको आख्यान—आगमन आशाप्रद छ ।
छाइल ‘बुक्स हिमालय’को पहिलो उपन्यास हो । यसलाई फागुनमै बजारमा ल्याइने प्रकाशकले जनाएको छ ।
पर्यटनकर्ममा दुई दशकभन्दा लामो समयदेखि कार्यरत पवन शाक्यको समूहले पहिलो लकडाउनका बेला स्थापना गरेको बुक्स हिमालयले हालसम्म बाल साहित्यका १ दजर्न पुस्तक प्रकाशन गरिसकेको छ भने किशोर साहित्यका दुई ओटा । साथै नियात्रा, जीवनी र निबन्धका पुस्तक पनि धमाधम प्रकाशन गर्दै छ ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१