एसइई वैशाख ९ देखि

आदर्श समाज सम्वाददाता
माघ २७, २०७८
see

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ देखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसइईको तालिका नजुधोस भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसइईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्ने गरी मिति तय गरिएको हो ।’ बोर्डले विद्यार्थीलाई २ महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width