अमेरिकाको नयाँँ नीतिप्रति स्टडी ग्रुपको स्वागत

आदर्श समाज सम्वाददाता
माघ २१, २०७८
StudyGroup_PR_NEP~

पोखरा । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यको स्टडी ग्रुपले स्वागत गरेको छ ।
विद्यार्थीका लागि बिडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजना घोषणा गरेको छ, जसले विद्यार्थीको अध्ययनपछिको रोजगारी र अमेरिकाको बसाइँलाई सजिलो बनाउनेछ ।
सो योजनाअनुसार स्टिम अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) कार्यक्रममा अध्ययनका लागि २२ नयाँ विषय थप भए छन् । जुन एफ–१ भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई उक्त विषयमा स्नातक, स्नातकोत्तर र पिएचडी गर्न सक्षम बनाउन र अध्ययन पश्चात कामको अनुभव प्राप्त गर्न ३६ महिनासम्म अमेरिकामा बस्न पाउनेछन् । साथै अमेरिकी सरकारको शैक्षिक र सांस्कृतिक मामिला हेर्ने ब्यूरोले आप्रवासी–आप्रवासी ब्रिज युएसए एक्सचेन्ज आगन्तुकहरूलाई सुविधा दिनेछ र जे–१ स्नातक र स्नातकोत्तर विद्यार्थीलाई ३६ महिनासम्म स्टिम क्षेत्रमा थप शैक्षिक प्रशिक्षण पनि प्रदान गर्नेछ ।
स्टडी ग्रुपका युनिभर्सिटी पार्ट्नरसिपका कार्यकारी उपाध्यक्ष जोशुआ रुबिनका अनुसार यस योजनाले अमेरिकामा स्टिम विधामा डिग्रीस्तरका कार्यक्रम अध्ययन गर्न इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीले विश्वस्तरीय शिक्षा लिन र सम्बन्धित कामको अनुभव प्राप्त गर्न सक्ने छन् ।
स्टडी ग्रुपएक अन्तर्राष्ट्रिय शिक्षा प्रदायक हो जसले विविध प्रतिभा र पृष्ठभूमि भएका युवालाई उपयुक्त हुने ५ सयभन्दा बढी शिक्षण कार्यक्रम प्रदान गर्दछ । यसको बेलायत र युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न विश्वविद्यालयसँग काम गरेको आफ्नो अनुभवले प्रतिभाशाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाको जगतमा आफ्नो पहिचान बनाउन मद्दत गर्दछ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width