नगरपालिकाद्वारा आफ्नै रहनसहनको पाठ्यक्रम तयार

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
book 1

परासी । पश्चिम नवलपरासीका सुनवल र बर्दघाट नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन गर्न सुरु गरेका छन् । स्थानीय पहिरन, भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदाको विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारिएको हो । जसमा आफ्नो स्थानीय तहको विशेषता, अक्षांश र देशान्तर रेखासहितको प्राविधिक पक्ष समेटिएको छ ।
सुनवल नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि ‘हाम्रो सुनवल’ नामक पुस्तक तयार पारेको हो । नगरभित्रका सामुदायिक र निजी विद्यालयमा यो पुस्तक अनिवार्य गरिएको छ । विज्ञसहितको समूहले १ वर्षसम्म अध्ययन अनुसन्धान गरेर पुस्तक तयार पारेको हो । जसमा नगरभित्रका धार्मिक–सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदा, कृषिदेखि आधुनिक संरचनाका विषय समेटिएको जनाइएको छ ।
सुनवल नामकरणको अवस्थादेखि जातजाति र खानपानसम्मको जानकारी यसमा समेटिएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए । ‘संघीयताको असल अभ्यासअन्तर्गत यो पाठ्यपुस्तक तयार पारिएको हो,’ उनले भने, ‘आफ्नो गाउँठाउँ यसमा समेटिएको छ ।’
स्थानीय पाठ्यपुस्तकले धर्म–संस्कृतिलाई सम्मान गर्ने बानीको विकास हुने महाकवि देवकोटा माध्यमिक विद्यालयका सञ्चालक समिति अध्यक्ष ज्ञानहरि अर्यालले बताए । ‘सुनवल नगरपालिकामा वर्षौंसम्म अध्ययन गर्ने अनि कसैले आफ्नै स्थानको विषयमा सोध्यो भने पुस्तकमा छैन भन्दै विद्यार्थी लज्जाबोध गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आफ्नै घर र स्थानको अक्षांश र देशान्तरबारे उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई थाहा छैन । प्रयोगात्मक र आफ्नो स्थान र परम्पराको जगेर्ना गर्न यो पुस्तक फलदायी हुनेछ ।’
यसैगरी, बर्दघाट नगरपालिकाको पनि आफ्नै पाठ्य पुस्तक तयार भएको छ । नगर प्रमुख धीरज शर्मा बस्यालका अनुसार नगरपालिकाले यस शैक्षिक सत्रबाट कक्षा, १, २, ३ र ६ मा बर्दघाट सेरोफेरोनामक आफ्नै पाठ्यक्रम विद्यालयमा लागु गरेको हो । अर्को वर्ष कक्षा ४, ५, ७ र ८ मा लागु हुने गरे तयारी गरिएको नगर प्रमुख शर्माले बताए ।
बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र कुँवरका अनुसार पाठ्यपुस्तक यसै शैक्षिक सत्रबाट लागु भए पनि पुस्तकको अन्तिम रुप दिन बिहीबार बर्दघाट नगरपालिकाले नगरपालिकाका शिक्षा क्षेत्रका विज्ञहरुसँग छलफल गरेको छ । कुँवरले भने, ‘पाठ्यक्रमलाई विज्ञले अन्तिम रुप दिएर हामीले उपलब्ध गराउनु हुनेछ ।’

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width