बलेवा । जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्याउन चालू आर्थिक वर्षमा रु चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन् ।
सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि रु १५ लाख बढी खर्चेर पक्की बनाइएको थियो । रु चार लाख खर्चेर सडक बनाउँदा रु १५ लाखमा बनेको संरचना भत्किने विषयमा कसैको चासो छैन् ।
‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ” जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल भन्नुहुन्छ– “एउटा संरचना बनाउँदा अर्को बनेको संरचना बिग्रिने घटना धेरै छन् ।” पौडेल चौरगाउँका स्थानीयवासीसमेत हुनुहुन्छ ।
यो समस्या जिल्लाका अधिकांश विकासे काममा देखिन्छ । सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढवर्ष हुँदासमेत पुनःनिर्माण हुनसकेका छैनन् । करोडौँ रुपैयाँ खर्चेर बनाइएका खानेपानीका योजना रु ७५ लाखमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको हो ।
जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी करिडोर पुग्ने सडकको स्तरोन्नति गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालयसमेत रहेको क्षेत्रमा विस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । “एउटा काम गर्दा अर्को काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरु बिग्रिने केही छ छैन भनेर हेर्नुपर्छ”, कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका सैनिक टोलका पदमबहादुर श्रीषले भन्नुभयो, “बाटोले खानेपानीको योजना विगार्छ, दुःख हामीलाई हुन्छ ।”
कुश्मीशेरा बजारदेखि कान्लेहुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नति गरेको हो । त्यहाँ पनि खानेपानीको योजना भत्किएपछि उपभोक्ता समितिका अध्यक्षनै खानेपानीको पाइप माग्न नगरपालिकामा पुग्नुभयो । “योजनाबाटै मर्मत गर्न स्रोत छैन्, स्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन”, उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईं भन्नुहुन्छ,“पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाईंदैन् ।”
पहिल्यै बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको स्टिमेट नहुने र स्टिमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो मात्र सुन्न पाइन्छ ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१