पोखरा । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदांगस्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा जंक फुड निषेध गरिएको छ । जंक फुडको प्रयोगले विद्यार्थीहरुको स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै विद्यालयमा जंक फुडको प्रयोग निषेध गरिएको प्रतिभा बाल क्लबले जनाएको छ ।
‘सुरुमा हामी विद्यार्थी साथीहरुसँग जंक फुडको साइड इफेक्टबारे छलफल गर्यौं, बुझेपछि, सबैजनाको सल्लाहमा क्लबले विद्यालयमा जंक फुडको प्रयोग निषेध गर्ने नियर्ण गरेको हो,’ अध्यक्ष विपासा सिउथानीले भनिन् । क्लबले गरेको निर्णय विद्यालय प्रसाशनमार्फत विद्यालय व्यवस्थापन समितिमा पुगेको छ ।
विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले विद्यालयमा जंक फुडको प्रयोग निषेध गर्ने बाल क्लबको निर्णयको खुलेर प्रसंशा गरे । ‘विद्यार्थीको स्वास्थ्य ख्याल गर्दैै विद्यालयमा जंक फुडको प्रयोग निषेध गरिने छ,’ प्रधानाध्यपक बुढाथोकीले भने । ‘जंक फुडको प्रयोगलाई निषेध गरी स्थानीय अर्गानिक खाद्य पदार्थको प्रयोग गरी विद्यार्थीको पोषण तथा स्वास्थ्यमा गुणात्मक सुधार गरी व्यवहारमा परिवर्तन गरिनेछ,’ उनले भने ।
क्लबका सल्लाहकार तथा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक बुद्धिबहादुर रानाले बालबालिकाको सामाजिकीकरण यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले बालबालिकाको सर्वांगीण विकासका लागि क्लबले सञ्चालन गर्ने हरेक रचनात्मक कार्यमा सबै विद्यार्थीलाई सहभागी हुन आग्रह गरे ।
बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन, माघ २३ गते वसन्तपञ्चमीका अवसरमासरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सञ्चालन गरिने क्लबका सचिव बिनिसा बुढाथोकीले जाकारी दिइन् ।
क्लबले शुक्रबार विद्यालय परिसर सरसफाइ, वृक्षरोपण, गोडमेल तथा बगैंचा निर्माण गरेको छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१