नवलपरासी । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी बनाउँदै गरेको सडक निर्माण कार्यको नेपाली पक्षद्वारा विरोध जनाएको छ ।
अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपाली भूमि एवं बस्ती डुबान हुने गरी भारतले दशगजा नजिकै बनाइरहेको सडक र त्यसको प्रभावको विषयमा बुझ्न नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले अनुगमनसमेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राका अनुसार नेपालको चुरे पहाडबाट दक्षिण भारततर्फ बग्ने नदीनालाको बहाव रोकिने गरी भारतले दशगजादेखि करिब १० मिटर दुरीमा पश्चिमदेखि पूर्वतर्फ ४ लेनको सडक निर्माण गरिरहेको छ ।
यसरी बनाइरहेको सडक पश्चिम भारतको सिद्धार्थनगर (कपिलबस्तु पारी), महाराजगञ्ज हुँदै अहिले नवलपरासीको दक्षिणपारीतर्फ पुर्याएको छ । अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनाउँदै गरेको यो सडकले नेपालतर्फ नवलपरासीका दर्जनौ गाउँबस्तीसहित सयौं विगाहा खेती योग्य जमिन डुबानमा पर्ने छन् ।
यो सडक निर्माणले नेपाललाई ठूलो क्षति हुने भन्दै नेकपा एमाले नवलपरासीले प्रजिअमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि यो विषय सतहमा आएको थियो ।
सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सशस्त्र र नेपाल प्रहरीका अधिकारीसहितको टोलीले संयुक्तरुपमा यस सडकको निरीक्षण गरेको छ ।
नेपाली भूमि डुबान हुने गरी बनाउँदै गरेको सडकको निर्माण र यसले नवलपरासीलाई पर्ने असरप्रति नेपालको आपत्ति रहेको भारतको महाराजगञ्जका प्रमुख जिल्ला अधिकारी (डिएम) सत्यन्द्र कुमारलाई बताइएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
महाराजगञ्जका सहायक प्रमुख जिल्ला अधिकारी (एसडिएम) सत्यप्रकाश मिश्रा, सडक निर्माण गरिरहेको संस्था पिडब्लुडीका प्रमुख लगायतसँग कुराकानी भएको बताएको मिश्रले जनाए ।
नेपालका दर्जनौैं गाउँ डुबानमा पर्ने गरी बनाइएको यो सडकको उचाइ एउटा बाँधको जस्तै करिब ६ फिटको उचाइ रहेको छ । उत्तरबाट बग्ने खोला, नाला झरना लगायतको पानी बग्ने गरी आवश्यक स्थानमा कल्भर्ट, साइफन नराखी बनाइएको यो सडकका कारण नवलपरासीको पाल्हीनन्दन, सरावल एवं सुस्ता गरी ३ गाउँपालिकाका करिब २ दर्जन गाउँ बस्ती एवं हजाराैं बिगाहा खेत डुबानमा पर्ने छन् ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१