रेडक्रस पोखरा ९ को पदस्थापन

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
redcross

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की सदस्य दीपेन्द्र मर्सानीले नेपाल रेडक्रस सोसाइटी विपतमा रहेका नागरिकलाई सहयोग गर्दै आएको बताउँदै पोखरा ९ उपशाखाको भवन निर्माण कार्यको लागि माथिल्लो तहमा पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की लेखा समिति सदस्य दामोदर शर्मा पराजुलीले समाजलाई सही दिशामा सहयोगी भावनाका साथ अगाडि बढाउन रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताए । निवर्तमान उपसचिव प्रेम गुरूङको अध्यक्षतामा पदस्थापन कार्यक्रममा रामकृष्ण पहारी, बलराम पहारी, उपशाखा ९ सभापति राजेन्द्र पहारी उपसभापति राममाया मानन्धरलगायतले बोलेका थिए ।
कार्यक्रमले पोखरा ९ मा रेडक्रस सोसाइटी उपशाखाको भवन निर्माण गर्ने निर्णय गरेको छ । साथै कोभिडका बिरामी बढिरहेको हुँदा पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा सोमबार ८ः३० बजेदेखि निशुल्क मास्क वितरण गर्ने र सो कार्यको लागि उपसभापति राममाया मानन्धर संयोजक रहने गरी प्रकाश शर्मा, सीता परियार, हिरा घले र लक्ष्मी पहारी समितिमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width