सहारा एकेडेमीको अक्षयकोषमा १५ लाख सहयोग

आदर्श समाज सम्वाददाता
माघ ५, २०७८
help

पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा रकम संकलन भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस पोखराबीच सम्झौतापत्रममा हस्ताक्षर समेत भयो ।
ओएभिएस पर्थ अष्ट्रेलियाका संचालक सुभाष श्रेष्ठ, ओएभिएस पोखराका संचालक निराजन कुँवर र समिता आचार्यले बुधबार ५ लाख रुपैयाँ एकेडेमीको अक्षयकोषका लागि क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई हस्तान्तरण गरे । यस्तै, आगामी २ वर्षसम्म बर्सेनि ५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ।

‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । क्लबले हरेक वर्ष गर्ने फुटबल प्रतियोगिताबाट बचत रकम दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गर्दै आएको छ । एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन्।

यसैबीच, क्लबले यह िमाघ ६ देखि १५ सम्म पोखरा रंगशालामा २० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ । सोको आवश्यक तयारी पूरा भएको क्लबले जनाएको छ । १० टिमको सहभागिता हुने प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन्।

Related News

सम्बन्धित समाचार

  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…

hero news full width