एकै दिनमा ६७३४ जनामा कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
माघ ३, २०७८
Corona Banner

पाेखरा । नेपालमा पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेहरुको संख्या आक्रामक ढंगले बढेको छ । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् । उपत्यकामा मात्रै थपिए ३९३९ संक्रमित काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् ।  काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै