तेक्वान्दो संघ गण्डकीमा जगन

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
taekwondo gandaki

पोखरा । गण्डकी प्रदेश तेक्वान्दो संघमा जगनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको आइतबार पोखरामा सम्पन्न साधारणसभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
संघ उपाध्यक्षमा विष्णुहरि गौतम र कमल पराजुली, महासचिव रमेश पौडेल, सचिव गंगाबहादुर गुरुङ, कोषाध्यक्ष माइकल कर्माचार्य छन् । सदस्यमा कुलबहादुर तामाङ दोर्जे, विकल्प बोगटी, राजु थापा, योगराज अधिकारी, लक्ष्मी पाण्डे, अधिवक्ता शिवराज वाग्ले, नरेश भट्टराई र सर्फुदिन मियाँ चयन भए । बाँकी मनोनीत हुने निर्वाचन समिति संयोजक अधिवक्ता जगन्नाथ ढकालले जानकारी दिए । अधिवक्ता ढकालको संयोजकत्वको निर्वाचन समिति सदस्यमा बलराम लामा, विजय नेपाल, डिलमाया भुजेल र रीता शर्मा सदस्य थिए । ४ वर्षे कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित जगनबहादुर गुरुङले प्रदेशमा हालसम्म ६ जिल्लामा संघ गठन बिस्तार भएको बताउँदै बाँकी जिल्लामा पनि बिस्तार गर्दै जाने बताए । गण्डकीमा डोजाङ संख्या हाल ४६ रहेकोमा आफ्नो कार्यकालमा ७० वटा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले पोखरामा आगामी सन् २०२४ मा तेक्वान्दो च्याम्पियनसीप गर्ने लक्ष्य लिएको बताए ।
त्यसअघि सभा उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मानिसको जीवनमा खेलकुदको महत्वबारे प्रकाश पारे । उनले तेक्वान्दो विकासमा तेक्वान्दो संघ गण्डकीले उल्लेख्य कार्य गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत संघका केन्द्रीय सदस्य राम गिरी र कुमार घिसिङको समेत उपस्थिति थियो ।
संघका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दीपेन्द्र पहारीले गरेका थिए । बन्दसत्रमा महासचिव रमेश पौडेल र कोषाध्यक्ष माइकल कर्माचार्यले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पास गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै