पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल पोखरा १९ को चौथो अधिवेशनले पद्माकुमारी गौतम (राधा) को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष माधवप्रसाद पौडेल, सचिव कृष्णप्रसाद पौडेल र कोषाध्यक्ष चित्रबहादुर केसी चयन भए ।
सदस्यहरु दुर्गा बस्नेत, मोहनप्रसाद पौडेल, प्रेमप्रसाद तिवारी, भीमप्रसाद रेग्मी, एकनाथ गौतम, कमलप्रसाद आचार्य, मुक्तिबहादुर विक, इन्द्रकुमारी पौडेल र तिलकुमारी कार्की छन् ।
अधिवेशन पोखरा– १९ का अध्यक्ष शोभामोहन पौडेलले उद्घाटन गरे । उनले ज्येष्ठ नागरिकलाई आफ्नै घरआँगन र समाजमा रमाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले राज्यका तर्फबाट दिइने सुविधा ज्येष्ठ नागरिकसम्म पुर्याउने पहल गर्नु जनप्रतिनिधिको दायित्व रहेको भन्दै कहीँकतै समस्या भए सूचित गर्न पनि आग्रह गरे ।
ज्येष्ठ नागरिक समाज सरोकार केन्द्र नेपालका अध्यक्ष भक्तराज श्रेष्ठले संस्थाले ज्येष्ठ नागरिकहरुलाई घर आँगनमै पुगेर सम्मान गर्ने गरेको बताए । विश्वहिन्दु महासंघ कास्कीमा अध्यक्ष पार्वता पौडेलले ज्येष्ठ नागरिकको हितको लागि हरेक क्षेत्रमा सरोकार समाजको आवश्यकता खड्केको उल्लेख गरिन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेश संयोजक इन्द्रकुमारी शर्माले देशको संविधान तथा कानुनमा उल्लेख भएअनुसार ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाले सेवा पाएका छन् कि छैनन् त्यसको निगरानी हुनुपर्ने बताइन् । कार्यक्रममा माधवप्रसाद पौडेल र मोहनप्रसाद पौडेलले कविता वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष सोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पद्माकुमारी गौतमले स्वागत तथा सदस्य दुर्गा बस्नेतले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१