लेखनाथ जन्मस्थलमा सम्मानै सम्मान

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
lekhnath

पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती उनकै जन्मस्थल अर्घाै अर्चलेमा विशेष समारोह गरी बिहीबार मनाइएको छ ।
समारोहमा कवि शिरोमणि साहित्य पुरस्कार २०७७ र २०७८ बाट साहित्यकारद्वय क्रमश सरुभक्त र रमेश खकुरेल सम्मानित भए । सोही समारोहबीच लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार भीमपाणि बराललाई सम्मान गरिएको थियो । साथै साहित्यकार पद्मराज ढकालबाट स्थापित मधुमाया ढकाल शिक्षा पुरस्कारबाट जनज्योति माविको छात्र विवेक विश्वकर्मालाई तथा चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार लक्ष्मी आदर्श माविका संयोजक भट्टराईलाई प्रदान गरियो । अम्बिका ढकालद्वारा स्थापित फणिन्द्रकुमारी ढकाल शिक्षा पुरस्कार लक्ष्मी आदर्श माविकी सविना आचार्यलाई प्रदान गरियो ।

लेखनाथ जयन्तीकै उपलक्ष्यमा आयोजित अन्तर माविस्तरीय कविता प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कृत गरियो । उक्त प्रतियोगितामा सिर्जना माविका सुमन काफ्ले प्रथम, न्यु मोडल स्कुलका तुलसी खत्री द्वितीय र डायमन्ड माविका अनुषा लामिछाने तृतीय तथा ग्लोबल कलिजियटका अनुपम रिजाल र डायमन्ड माविकी पुनम भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै सम्मानति व्यक्तित्व साहित्यकार सरुभक्तले आफ्नै स्थानमा कवि शिरोमणिको नाममा स्थापित पुरस्कार पाउनु अरु पुरस्कारभन्दा विशेष रहेको उल्लेख गर्दै लेखनाथ जन्मस्थललाई साहित्यिक पर्यटन स्थालको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
अर्का सम्मानित व्यक्तित्व साहित्यकार रमेश खकुरेलले भाषा बिगँ्रदै गएको बताउँदै आपूm पनि भाषा नबिगारीकनै छन्द कविता लेख्न सकिन्छ भन्ने अभियानमा लागेका जनकारी दिए ।

सोही समारोहबीच लेखनाथ साहित्य प्रतिष्ठानबाट प्रकाशित ‘नव लालित्य’ पूर्णांक १० को लोकार्पण गरियो ।

कार्यक्रममा प्राडा रविलाल अधिकारीले सम्मानिव्दय साहित्यकारको तथा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले पत्रकार भीमपाणि बरालको योगदान बारे प्रकाश पारेका थिए ।

समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ डा. सुधा खकुरेल र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले शुभकामना व्यक्त गरे । यसैगरी पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्माराज ढकालले कवि शिरोमणिका रचना वाचन गरेका थिए ।

लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा– २७ वडाअध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत तथा लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेल र डायमन्ड माविका शिक्षक शिव लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width