यो २ महिनायता देशमा धेरै पार्टीहरुको अधिवेशन र महाधिवेशन भए । ती अधिवेशनमा राजनीतिक पार्टीहरुको आन्तरिक चुनाव भए । चुनावमा सयौं कार्यकर्ता र नेताहरु सहभागी भए । उनीहरुमध्य केही नेता र कार्यकर्ताहरु चर्चित भएका छन् । त्यसरी चर्चित भएकाहरुमा नेपाली कांग्रेसका महामन्त्री पदमा विजय हासिल गरेका गगन थापा र विश्वप्रकाश शर्मा उल्लेखनीय मानिन्छन् । उनीहरु दुबै बेग्ला–बेग्लै गुटबाट लडेका थिए । उनीहरुका दुबै गुटबाट लडेका सभापतिका प्रत्यासीहरुले हारे । तर ती दुई युवा नेताहरुले जितेर सत्तारुढ नेपाली कांग्रेसको महामन्त्री भएर कीर्तिमान कायम गरेका छन् ।
गगन थापा र विश्वप्रकाश शर्मा दुवै नेपाली कांग्रेसका जुझारु नेतामा गनिन्छन् । केही वर्षदेखि उनीहरुको चर्चा पार्टीभित्र मात्र होइन, पार्टी बाहिर र सञ्चार क्षेत्रमा पनि उत्तिकै हुने गरेको छ । पुस्तान्तरणको नारा चर्किएको बेला ती युवा नेताहरुको विजयले धरै आशा अपेक्षा जन्माएको छ । कांग्रेसको महाधिवेशनबाट त्यही नारा चर्काएर अरु पनि धेरै युवाहरु निर्वाचित भएका छन् । तीमध्ये उपसभापति पदमा जीत हासिल गरेका धनराज गुरुङ पनि एक हुन् । उनीहरु कांग्रेसका स्वच्छ छबिका लोकप्रिय नेता मानिन्छन् । गगन थापा संविधान सभाको चुनावमा पनि निर्वाचित भएका थिए भने २०७४ को चुनावमा पनि जीत हासिल गरी प्रतिनिधि सभामा पुगेका थिए । उनी एकपटक स्वास्थ्य मन्त्री पनि भए । मन्त्री भएपछि कतिपय नेताहरुले आफ्नो स्वच्छता गुमाउँछन् भने गगन थापाको हकमा त्यस्तो भएन । उनले मन्त्री भएर पनि आफ्नो स्वच्छता कायम राखे र सक्रियता जारी राखे । उनको जुझारुपनमा कहिले कमी आएन । जसको कारण पार्टीभित्र मात्र होइन बाहिर पनि उनी उत्तिकै चर्चित भइरहे । विश्वप्रकाश पनि विद्यार्थी अवस्थादेखि प्रभावशाली नेताको रुपमा गनिएका व्यक्ति हुन् । पार्टीभित्र उनी लोकप्रिय थिए तर बाहिर त्यत्ति चिनिएका थिएनन् । सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको प्रवक्तामा मनोनीत गरेपछि उनको लोकप्रियता बाहिर पनि बढ्दै गएको हो । प्रवक्ताका रुपमा उनको अभिव्यक्ति र प्रस्तुतीकरणलाई अधिकांशले मन पराए । आफ्नो काँधमा आएको जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्यो भने त्यसको परिणाम के हुन्छ भन्ने कुराको उदाहरण विश्वप्रकाश भएका छन् ।
केन्द्रीय समितिमा सबै गुटका प्रतिनिधिहरु छानिएर आएका छन् । उनीहरु अधिकांश युवा पुस्ताका छन् । युवाहरुको हातमा आए केही गर्न सकिन्छ भन्नेहरुका लागि यो अवसर पनि हो । पुरानो पुस्ता गुटबन्दीमा रुमलिएर बिग्रेको थियो । त्यसबाट युवा पुस्ताले शिक्षा सिक्नु पर्दछ र स्थायी गुट बनाउनतिर नलागेर एकताबद्ध हुन सक्नुपर्दछ । यो उनीहरुको परीक्षाको घडी पनि हो । विगतमा धेरै परीक्षा उत्तीर्ण भएर आएकाहरुले यस पटकको परीक्षामा पनि सफल हुने अपेक्षा गरिएको छ । गगन थापा र विश्वप्रकाश बेग्ला–बेग्लै समूहबाट चुनाव जितेर आएको भए तापनि अब उनीहरु त्यो बिर्सनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१