गण्डकी कांग्रेसको नेतृत्व पौडेलको कब्जामा, पदाधिकारी कसको कति मत ?

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७८
congress 3

सभापतिका उम्मेदवार बायाँबाट क्रमशः अर्जुन जोशी र शुक्रराज शर्मा।

पोखरा ।
नेपाली कांग्रेस गण्डकीको अधिवेसनमा पौडेल पक्षले करिव सतप्रतिशत नतिजा निकालेको छ । पदाधिकारीमा उपसभापति मेखलाल श्रेष्ठ बाहेक सबै पौडेल पक्षकै कब्जा रह्यो । सभापतिमा शुक्रराज शर्माले ८४ मतान्तरले संस्थापन पक्षका अर्जुन जोशीलाई हराए । शर्माले ६ सय १२ मत पाउँदा जोशीको ५ सय २८ मात्रै मत आयो ।
उपसभापतिमा स्याङजाकी कल्पना तिवारी र मेखलाल श्रेष्ठ विजयी भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ । महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ मत सहित सबैभन्दा अगाडी हुँदा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए । संस्थापन पक्षका कुमार खड्काको ५ सय ५६ र इश्वर पाण्डेको ४ सय ५८ मत आयो ।
सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी ओमकला गौतमको ५ सय १४ मत मात्रै छ । सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित विजयी भए भने निकटतम प्रतिश्पर्धी झुलबहादुर आलेले ४ सय ८८ र राजनराज पन्तले ४ सय ३१ मत पाएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका युवराज बस्ताकोटीको ९२ मत आयो । सदस्यहरुमा पनि पौडेल पक्षकै उम्मेद्वार अगाडी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width