कांग्रेस गण्डकीको सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशीको उम्मेदवारी घोषणा

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
arjun joshi

पोखरा । संस्थापन पक्षबाट नेपाली कांग्रेसका नेता अर्जुन जोशीले गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका जोशीले कास्कीमा आयोजित एक कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

सभापति शेरबहादुर देउवा निकट जोशीले गण्डकी प्रदेशको शाख बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्। ‘गुटभन्दा माथि उठेर मुद्दाका आधारमा कांग्रेसलाई अघि बढाउनुपर्छ। म केन्द्रीय सदस्य नै लड्न चाहन्थें। गण्डकी प्रदेशको सभापति लड्ने कल्पना पनि थिएन। तर सबै पक्षका साथीहरुले गण्डकी प्रदेशको सभापतिमा उठ्दा कांग्रेस प्रदेशमा बलियो हुन सक्छ भनेर सुझाव दिनुभयो र सबैसँग सल्लाह गर्दा आज यो निष्कर्षमा पुगेँ,’ उनले भने।

जोशी पर्वत जिल्लाबाट तीन पटकसम्म प्रतिनिधिसभा तथा संविधानसभामामा निर्वाचित भएका थिए। लामो समय उनले पर्वत कांग्रेसको नेतृत्व समेत गरेका थिए। जोशीले २०५६ सालयता भएका चार वटा निर्वाचनमा टिकट पाए। चार मध्ये तीन निर्वाचनमा उनी निर्वाचित पनि भए।

२०७४ सालमा भने उनी पराजित हुन पुगेका थिए। गण्डकी प्रदेशको सभापतिमा जोशीसँगै देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मा र रघुनाथ पौडेल, महेन्द्रध्वज जिसी समेत आकांक्षी देखिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै