कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
1nepali congress

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर भएको छ ।

मंसिर १५ गते प्रदेश अधिवेशनमा मनोनयन दर्ताको कार्यक्रम रहेकामा मंसिर १७ गते सारिएको छ । मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेका छ ।

केन्द्रीय महाधिवेशन पनि मंसिर २५ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । यसअघि मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोमबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरुसँग छलफल गरेका थिए । छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए ।

मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width