पोखरा, ११ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा नेतृत्वका लागि शनिबार पुनः मतदान भएको छ । प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारबीच यसअघि शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बढी मत ल्याउने किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच पुनः मतदान भएको हो ।
दोस्रो दिनको मतदानमा १ हजार ९ सय २६ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल २ हजार ८८ मतदातामध्ये बिहान १० देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा १ हजार ९ सय २६ मत खसेको हो । पहिलो दिन २ हजार २५ जनाले मतदानमा भाग लिएकोमा ४७ मत बदर भएको थियो ।
शुक्रबार मध्यरातमा सकिएको मतगणनामा सबैभन्दा बढी मत ल्याउने बरालले ६ सय ४४ र दोस्रो हुने भट्टराईले ४ सय ६९ मत पाएका थिए । त्यस्तै, तेस्रो स्थानको मत ल्याउने आईबहादुर गुरुङको दोस्रो मत ल्याउने भट्टराईको तुलनामा मात्र ७ मत कम थियो । त्यस्तै चौथो र पाँचौ स्थानमा रहेका पोषनाथ शर्माले ३ सय ३५ र गिरिराज गौतमले मात्र ६३ मत पाएका थिए।
शनिबार भएको मतदानको गणना साँझ ७ बजेदेखि सुरु हुने तयारी छ । शनिबार सभापतिसहित सबै पदाधिकारीको पनि गणना हुनेछ । अघिल्लो दिन सभापतिको मात्र गणना भएको थियो।
यसैबीच, सभापतिको दौडबाट बाहिरिएका ३ उम्मेदवारले आफूहरुको समर्थन सुदीपमोहन भट्टराईलाई रहेको घोषणा गरेका छन् । उनीहरुले मतदान सुरु हुनुपूर्व भट्टराईलाई समर्थन गर्न सार्वजनिक अपिलसमेत जारी गरेका थिए।
कांग्रेसको संशोधित विधान अनुरुप सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनै पर्ने बाध्यता छ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१