बागलुङका सभापति र केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमै पराजीत

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
baglung

बागलुङ । नेपाली कांग्रेसका बागलुङ जिल्ला सभापति दीपेन्द्रबहादुर थापा  र आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

बागलुङको क्षेत्र नम्बर १ बाट थापा र पौडेल खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । उनीहरु दुवै सभापति देउवा खेमाका हुन् ।

उक्त क्षेत्रबाट ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कँडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

२५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width