पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन् । उनले २ सय ४७ मत ल्याउँदा प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालले २ सय ३० मत ल्याएका छन् ।
सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी विजयी भए । उनीहरुले क्रमश २ सय ३० र २ सय २६ मत पाए । सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भएका छन् । खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे निर्वाचित भए ।
समानुपातिक दलिततर्फबाट विष्णु सिग्देल चयन भएका छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि विन्दुकुमार थापाले सर्वाधिक मत पाएका छन् । उनले ३ सय ६१ मत पाए । नेता देवराज चालिसेले ३ सय २३ मत प्राप्त गरे भने कुमार खड्काले २ सय ८८ मत प्राप्त गरे ।
नेताहरु वीरेन्द्रनारायण विजुक्छेले २ सय ६२, शोभियतबहादुर अधिकारीले २ सय २१, विश्वराज आचार्यले २ सय, माधवप्रसाद बाँस्तोला मधुले १ सय ९८, ऋषिराम काफ्लेले १ सय ७८, गुरु बरालले १ सय ८० र अर्जुन पोखरेलले १ सय ६४ मत प्राप्त गरी विजयी भए । खुला १० पदमा २५ नेताले चुनावी प्रतिस्पर्धामा थिए ।
महिला खुला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी पाण्डेले २ सय ७१ मतका साथ विजयी भइन् । रंगीला आचार्यले २ सय ३७, नम्रता बरालले २ सय १८ र कुमारी मुना बाँस्तोलाले १ सय ८३ मतका साथ विजयी भए ।
खस आर्य महिलामा कोपिला तिवारी २ सय ४७ र मिलन थापाले २ सय ४५, खसआर्य खुलामा किरण केसी ३ सय ५७, मुकुन्द बाँस्तोला ज्वाला २ सय १०, मदन बस्नेत १ सय ६३ मतका साथ विजयी भए ।
आदिवारी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३ सय २१ र सुनयना पालिखे २ सय १४ मत पाएर विजयी भने खुलामा आशिक गुरुङ १ सय ४९ र निर्मलप्रसाद कर्माचार्य १ सय ५४ मत प्राप्त गरी विजयी भए । दलित खुलामा अर्जुनकुमार विक १ सय ९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी भए ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१