पोखरामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक अनावरण   

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७८
KrishnaDawadi_Kaski_RSS_19(3)

कास्की । नेपाल संवत्का प्रणेता एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक पोखरामा अनावरण गरिएको छ ।

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पोखरा महानगरपालिका–३ नदीपुरस्थित नारायणस्थान मन्दिर परिसरमा साख्वाको पूर्णकदको शालिक आज अनावरण गर्नुभयो ।

वीरेन्द्र स्मृति पार्क संरक्षण समितिले शालिक स्थापना गरेको हो । नेपाल संवत् १४४२ को सुभारम्भका अवसरमा शालिक अनावरण गरिएको हो । समितिका अध्यक्ष वसन्तलाल कतिलाले पलेँटी कसेर बसेको बुद्ध आकृतिमा साख्वाःको पूर्णकदको मूर्ति राखिएको बताउनुभयो । मूर्ति बनाउन र जडानका लागि रु छ लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले गरीब जनताको ऋणमुक्त गर्ने साख्वाःको योगदानको कदर गर्दै सरकारले राष्ट्रिय विभूतिका रुपमा सम्मान गरेको बताउनुभयो । समाज रुपान्तरणमा साख्वाःको योगदान र विचार सबैका लागि अनुकरणीय र प्रेरणदायी बन्ने बताउँदै उहाँले भन्नुभयो, “साख्वा हाम्रा लागि अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । सामाजिक कार्यमा उहाँको योगदान अतुलनीय छ, व्यावसायिक जीवनको सफल व्यक्तिले सामाजिक दायित्व पनि आत्मसात गर्नुपर्दछ भन्ने सन्देश हामीले उहाँबाट पाएका छौँ ।”

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले साख्वाको शालिक स्थापनाले पोखराको गौरव बढाएको बताउनुभयो । कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगर–३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु लगायतले पार्क क्षेत्रको विकासका लागि थप काम गर्नुपर्ने बताउनुभयो ।    रासस

Related News

सम्बन्धित समाचार

hero news full width