अभियान कपमा सेमिफाइनल समीकरण

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७८
abhiyan volleyball news

पोखरा । वाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार ४ खेल भए ।
दिनको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ । शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृति युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मट्टिखानले २५–१३, २५–१९, १९–२५ र २५–११ को सेटमा हराएको हो । तेस्रो खेलमा पोखरा टप्सले कृस्ती युवा मिलन मञ्चलाई २५–२०, २५–२० र २५–२० कै सेटमा हरायो ।
चौथो खेलमा वाराही माविले नवसिर्जनशील युवा क्लबलाई २५–१८, २५–१७ र २५–१७ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
शनिबार सेमिफाइनलसहित फाइनल खेल हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । पहिलो सेमीमा शान्ता भलिबल ट्रेनिङ सेन्टर र पोखरा टप्सबीच हुनेछ भने दोस्रोमा मट्टिखान युवा क्लब र वाराही मावि भिड्ने छन् ।
अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा १२ टिमले भाग लिएका हुन् । विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ ट्रफी दिइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width