पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रमुख जिसी बसेको हरियोखर्क अस्पताल परिसरको गेस्ट हाउसमा शनिबार साँझ पुगेर मुख्यमन्त्री पोखरेलले शीघ्र स्वास्थ्य लाभको कामना गरे । अहिले काम र जिम्मेवारीका बारेमा चिन्ता नलिइ आराम गर्न मुख्यमन्त्रीले मेयर जिसीलाई सुझाव दिए । राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, कांग्रेस महाससमिति सदस्य गिरिराज गौतम, स्वकीय सचिव रञ्जना पोखरेल र प्रेस संयोजक भरत कोइराला मुख्यमन्त्रीसँगै पुगेका थिए ।
मुख्यमन्त्रीसँगले स्वास्थ्य अवस्थाका बारेमा सोध्दा प्रमुख जिसीले अहिले स्वास्थ्य राम्रोसँग सुधार हुँदै गएको र रुची अनुसारको खाना खान चिकित्सकले सुझाएको बताए । हाँसो गर्दै प्रमुख जिसीले भने, ‘मतवालीवाहेकका खानेकुरा खान डाक्टरले भनेका छन् ।’
साउन १ गते मष्तिस्क घात भएपछि तत्काल काठमाडौं लगेर प्रमुख जिसीको शल्यक्रिया गएिको थियो । शल्यक्रियापछि आराम गरेर असोज २३ गते उनी पोखरा फर्केका हुन् । अहिले नियमित फिजियोथेरापी गर्नुपर्ने भएकाले नयाँगाउँस्थित हरियोखर्क अस्पताल परिसरमा रहेको गेस्ट हाउसमा प्रमुख जिसी बस्दै आएका छन् । घरबाट आउन जान असहज हुने भएकाले गेस्टहाउसमै बसेको जिसीका छोरी ज्वाइँ राम भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१