पोखरा । घरेलु टोली स्पोट्र्स क्यासलले राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरिएको छ । क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ गोलअन्तरले हराउँदै जीत हात पारेको हो । खेल सुरुवातमा क्यासले २ गोलको अग्रता लिए पनि जीत हात पार्न भने निकै हम्मे पर्यो । क्यासललाई फाइनलमा पुर्याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बने । खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाए । छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । राइजिङले नवौं मिनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाए । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल फर्काए । १३ औं मिनेटमा सुदीप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाए । २३ औं मिनेटमा हेमन्तले पनि व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पुर्याए ।
२८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटाउन मद्दत गरे । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै, ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गर्दा ३२ औं मिनेटमा सुदीपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा लगे । दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा सुमितले गोल गरे । उनले ४० औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीलाई खेलमा फर्काए । ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पूरा गर्दै खेल बराबरीमा ल्याए । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गरे ।
क्यासल लिग तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो । यस्तै राइजिङ दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको थियो । सविन मेमोरियल शंखमुलसँग ३–२ को हार व्यहोर्दै प्ले अफबाट बाहिरिएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लबसँग खेल्ने छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१