पोखरा । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबारको भेटको उक्त प्रतिबद्धता जनाएका हुन् ।
पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै राजदूत पार्कले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका हुन् । ‘
भेटका अवसरमा मुख्यमन्त्री पोखरेलले हजारौ नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया रहेको भन्दै युवाले आय आर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरको रुपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गरेको बताए । उनले भने, ‘नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया एक बलियो साझेदार हो, शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जा जस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग छ ।’
दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेको तथ्य मुख्यमन्त्री पोखरेलले स्मरण गरे । कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) मार्फत् पु¥याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
प्रदेश सरकार कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषण जस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको मुख्यमन्त्रीले सुनाए । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति, आधुनिक उपकरणको प्रयोग तथा स्वास्थ्य सेवा विस्तारमा विशेष काम गर्नु परेको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले भने, ‘कोभिडको क्षति आकलन र समस्यामा परेका क्षेत्रको पुनरुत्थानका लागि योजनाबद्धरुपमा अघि बढ्ने प्रयत्न हँुदैछ । ग्रामीण क्षेत्रको विकास र गरिबीको अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो छ ।’ यस प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्वबजारमा पुग्न सक्ने बनाउन थप काम गर्नु पर्ने मुख्यमन्त्रीले सुनाए ।
दिगो विकास लक्ष्य हासिल गर्नका लागि एकीकृत प्रादेशिक तथ्यांक तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नु पर्ने मुख्यमन्त्रीले बताए । दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताए । नेपालीका थप युवालाई रोजगारी दिने बारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको उनले सुनाए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भवन निर्माणका लागि गण्डकी सरकाले सबै प्रक्रिया पूरा गरी राजदूतावासमा बुझाएको जानकारी गराए । यसबारेमा के भइरहेको छ बुझेर काम अगाडि बढाउने राजदूत पार्कले बताएका छन् । भेटमा उपाध्यक्ष डा. काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१