प्रहरी उपरीक्षक रमेश थापाको स्वागत

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
comunity police

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आएका प्रहरी उपरीक्षक रमेश थापालाई स्वागत गरिएको छ । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेमजाको संयुक्त आयोजनामा स्वागत गरिएको हो । संस्थाको सभाहलमा भएको कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले प्रहरी सफल हुन विना बर्दीका नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

केन्द्रका अध्यक्ष बोधराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, पूर्व अध्यक्ष विष्णुबहादुर भट्टराई, निवर्तमान अध्यक्ष सोमनाथ बास्तोला, वरिष्ठ उपाध्यक्ष भीम पराजुली प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं ,द्वितीय उपाध्यक्ष घनश्याम तिम्सिना, कोषाध्यक्ष दानबहादुर बस्नेत, सह–कोषाध्यक्ष प्रेम पहारी, कार्यसमिति सदस्यहरु, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक सचिव मुनाकुमारी बास्तोला, बैदाम उपाध्यक्ष हरिराज पहारी, बगर अध्यक्ष रामभूषण पराजुली, माटेपानी कोषाध्यक्ष धर्मराज आचार्य, लेखनाथ सदस्य राजु अधाकरी, कालिका अध्यक्ष राधाकृष्ण तिवारीलागयतले स्वागत गरेका थिए । संस्थाका सचिव विष्णु सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…
  • रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेला बुधबार सकिएको छ…
  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…

hero news full width