पोखराका उद्योगी व्यवसायीलाई खोप

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७८
pcciii 2

पोखरा। पोखरा उद्योग वाणिज्य संघको पहलमा कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका सदस्य उद्योगी÷व्यवसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई दोस्रो डोज खोप लगाइएको छ । यसअघि साउन ३० मा पहिलो मात्रा खोप लगाइएको थियो ।

संघका अध्यक्ष नारायण कोइरालाले खोप अभियानको उद्घाटन गरे । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार पहिलो डोज खोप लगाइएका १ हजार ४ सय जनालाई शुक्रबार संघको सचिवालयमै दोस्रो डोज खोप लगाइएको हो । संघका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलले पहिलो डोज खोप लगाउन नपाएका व्यवसायीहरुको लागि खोपको व्यवस्थापन पहल सुरु गरिएको जानकारी दिए ।

संघले यसअघि खोप सुनिश्चितताको लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्कीसहित संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको बताउँदै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले खोपको व्यवस्थापन गर्ने प्रदेश सरकार, जिल्ला कोभिड व्यवस्थापन समिति, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखरा महानगरको स्वास्थ्य महाशाखालाई धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width