जलवायु परिवर्तनका सम्बन्धमा हामीले पढेका छौं । लेखेका छौं र देखेका छौं । अब जलवायु परिवर्तनका असर पनि भोग्न थालेका छौं । हाम्रा सेता हिमालहरु हिउँ पग्लेर काला बन्दै छन्् । हिमनदीहरु पग्लने क्रम बढ्दो छ । कतै हिम नालाहरु पुरिंदै छन्,कतै फुट्दै छन् । मौसमी गतिविधिमा चरम उतारचढाव आइरहेको छ । यस्तै गतिले तापक्रम बढ्दै गएमा हिमालहरु नांगा हुने र समुन्द्रको सतह बढ्ने विशेषज्ञहरुको अनुमान छ । त्यो तापक्रमको असर हाम्रा हिमालहरुमात्र होइनन् । पहाड,तराई जहाँसुकै पर्दै छ । हाम्रो हिमालपारिको जिल्ला भनेर चिनिएका मनाङ र मुस्ताङमा सामान्यतया चर्को पानी नै पर्दैनथ्यो । तर यसपटक त्यहाँ यत्ति चर्को वर्षा भयो कि बाढी पहिरो नै आयो । त्यो बाढी पहिरोले चामे लगायतका ठाउँमा घरबार र पुलपुलेसालगायत संरचनाहरु बगायो ।
यस वर्षको वर्षाले गत वर्षहरुमा झैं देशव्यापी रुपमा धनजनको ठूलो क्षति गर्यो । त्यसमा पनि त्यसपटक सिन्धुपाल्चोक जिल्लालाई नराम्रो प्रभाव पारेको छ । त्यहाँका महत्वपूर्ण बजार हेलम्बो, मेलम्ची लगायतका बस्तीहरुमा बाढी आएर बजारलाई बगरमा परिणत गरेको छ । त्यहाँका घरहरु बगाएको छ । भत्काएको छ । बाली नाली नष्ट भएका छन् । मानिसहरु बगाएको छ । त्यसरी बगाएर लगेकाहरु केही मृत अवस्थामा फेला पारिएका छन् भने केही बेपत्ता छन् । हिजोका त्यहाँका ठूलठूला घर र जग्गाका मालिकहरु आज घरबारविहीन भएर सुकुम्बासीमा परिणत भएका छन् । उनीहरुको स्थिति विरक्तलाग्दो छ । सरकारले तिनीहरुलाई सामान्य राहतबाहेक अरु केही दिएको छैन ।
देशमा देवी प्रकोपबाट पीडित भएकाहरुको संख्या धेरै छ । सरकारले सुरुमा ती पीडितहरुलाई सहानुभूति प्रकट गरेर केही राहत दिने गर्दछ । तर त्यसपछि वास्ता गर्दैन भन्ने पीडितहरुको गुनासो छ । पीडितहरु धेरै वर्षदेखि वनजंगल र खोला किनारामा पाल राखेर तथा सानो झुप्रो बनाएर जीवन निर्वाह गरिरहेका भेटिन्छन् । प्रत्येक वर्षको वर्षा र बाढी पहिराले त्यस्ताहरुको संख्या बढाउँदै छ । यस वर्ष त्यस्ताहरुको संख्या अरु बढेको छ । यो कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ । सरकारले तत्कालको लागि एकपटक राहत दिएर सधैंको लागि पुग्छ भनेर सोच्नु भएन । तिनीहरुको उद्धार र पुनस्थापना गर्नु सरकारको कर्तव्य हो । यो कर्तव्यलाई प्राथमिकता दिएर सहयोग गर्नुपर्ने कुरामा हामी आग्रह गर्न चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१