एन्फा र चरक मेमोरियलबीच सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
anfa and charak

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमै पहिलोपटक असोज २ देखि असोज २२ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक मोमोरियल अस्पतालबीच सम्झौता भएको हो । सम्झौता अनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण स्वास्थ्य सुविधा अस्पतालले उपलव्ध गराउने भएको छ ।
सम्झौता अनुसार फुटसल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निशुल्क उपचार प्रदान गर्नेछ भने औषधीमा १० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ ।
उक्त सम्झौतामा एन्फाको तर्फबाट एन्फाका केन्द्रीय सदस्य एवं एन्फा स्वास्थ्य समिति संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र अस्पतालका म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गरे ।
उक्त ए डिभिजनको राष्ट्रिय फुटसल लिगमा प्रदेश नं १ बाट २ टिम, वागमती बाट ४ टिम, गण्डकी प्रदेशबाट २ टिम, लुम्बिनी, कर्णाली र सुदुर पश्चिमबाट २ टिम गरी कूल १० टिमको सहभागिता रहने फुटसल कमिटीका प्रमुख गुरुङले जानकारी दिए । प्रतियोगिता पोखरा रंगशालास्थित बहुद्देश्यीय कभर्ड हलमा सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै