पोयुसाप अरुण सम्झिँदै

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
arun thapa~

पोखरा । पोखरेली युवा सांंस्कृतिक परिवारले सदाबहार गायक अरुण थापाको सम्झनामा शनिबार सांगीतिक कार्यक्रम गर्ने भएको छ । उनको २२ औं स्मृति दिवस अवसरमा अरुण थापा स्मृति दिवस–सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
गीतसंगीतमार्फत गायक थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको पोयुसापका अध्यक्ष मोती भुजेलले बताए । अध्यक्ष भुजेलका अनुसार सो कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधी क्लब’ मा सम्पन्न गरिने तयारी रहेको छ ।
पोयुसापका संस्थापक सदस्य समेत रहेका थापाको वर्षौंदेखि निरन्तररुपमा स्मृतिमा सांगीतिक कार्यक्रम गर्दै आएको परिवारले यो वर्ष पनि निरन्तरता दिएको पोयुसापका संगीत संयोजक एमडी काफ्लेले बताए ।
कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भव्य गर्ने तयारी गरिएको बताए ।
संस्थाका संगीत विभाग सल्लाहकार गायक विनोद बानियाँले सो कार्यक्रम फेसबुक र युट्युब च्यानलमार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रबन्ध मिलाइएको बताए ।
२००९ मा जन्मिएका थापा २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेको पोयुसापका पूर्व अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । गुरुङकै ‘कतै टाढा तिमीबाट पुगें भने म..’ नै अरुणको पहिलो रेकर्ड भएको गीत हो ।
अरुण थापाले पोखरामा पहिलो पटक तीसको दशकमा पोयुसापमा पनि पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेका थिए । उनको २०५६ सालमा निधन भएको हो ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width