पोखरा । लमजुङ कटेपछि दर्जनौं खोला तर्नुपर्छ मनाङ सदरमुकाम चामे पुग्न । असार १ गतेको बाढीले सानाठूला आधा दर्जनभन्दा धेरै पक्की र काठेपुल बगाएको छ । अहिले गाडी चढेर चामे पुग्न मिल्दैन । ठूला पहाड छेडेर बनाइएको सडक छियाछिया भएको छ । सिमलताल, खोत्रोपाखा, निगालघारी, धारापानी, दानाक्यु, थान्चोक लगायत सयौं ठाउँमा सडक भत्किएको छ । चामे कटेर उकालो लागेपछि भ्राताङसम्मको ५० प्रतिशत सडक बिग्रिएको छ । खानेपानी, जलस्रोत तथा सिचाइँ विकास कार्यालय प्रमुख ढाकाराम आचार्यले जिल्लास्थित सरकारी निकायले अनुगमन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘केही ठाउँमा ब्लास्ट गरेरमात्रै सडक खोल्न सकिन्छ । कतै डाँडै झरेको छ । त्यहाँ सडक खन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘ती ठाउँमा रि–रुट गर्नुपर्छ । अर्को ठाउँबाट सडक लैजानुपर्छ ।’ उनका अनुसार तल्लो धारापानी, दानाक्यु क्षेत्रमा सडकलाई रिरुट गर्नुपर्ने छ भने भ्राताङको ३० मिटर सडक ब्लास्टिङ गरेर मात्रै खुल्नेछ ।
रि–रुट गर्नुपर्ने सडकका लागि जग्गा प्राप्तिको बाटो खोलिदिन सरकारसँग मनाङले माग गरेको छ । बाढीपछि पुरानै अवस्थामा फर्काउन कति खर्च लाग्छ भन्ने आकलन भएको छैन । ‘अझै बाढी रोकिएको छैन । कति क्षति हुनै बाँकी छ । बस्तीहरु झरिरहेका छन्, संरचना बगिरहेका छन्,’ आचार्य भन्छन्, ‘अहिले सरसर्ती हेरेर बनाइएको प्रतिवेदन हो । डिटेल बुझ्न धेरै समय लाग्छ ।’ सरकारले मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण दुवै जिल्लामा ठूलो क्षति भएको थियो ।
मनाङको चामेसहित ताल, थोंचे, धारापानी, दानाक्यु, ओडार लगायत गाउँ ध्वस्त भए । मनाङलाई असोज मसान्तसम्म विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको हो । त्यहाँका सरकारी कार्यालयले बाढीपछिको उद्धार र राहत तथा पुनः स्थापनाका कार्यक्रम सँगसँगै लैजान सुझाव दिएका छन् । जेठ २४ र असार १ गतेको बाढीले बढी असर गरेको हो । ‘कमजोर धरातलका कारण विगतमा पनि यस जिल्लामा बाढी तथा पहिरोको समस्या हुने गथ्र्यो । तर यति ठूलो असर पहिलो पटक भएको हो,’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘क्षतिको पहिचान र पुनःस्र्थापनाको लागि अल्पकालीन र दीर्घकालीन उपाय सहितको प्रतिवेदन दिएका छौं ।’
अझै १ महिना गाउँ फर्किने अवस्था नरहेको अध्यक्ष चन्द्र घलेले बताए ।
रिपोर्ट अनुसार ताल र सिरानताल गाउँका ७० प्रतिशत घरमा बाढी पसेको देखाइएको छ । यसबाहेक अरु बस्ती पनि बाढीको उच्च जोखिममा छन् । डोनाखोला, स्याल्कु खोला लगायत लघुहाइड्रो पूर्ण क्षति भएका छन् । यसले धारापानी, दानाक्यु, तिमाङ, थान्चोक, कोतो, चामे बजारमा विद्युत् अबरुद्ध भएको छ । जिल्लाभरिका १६ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । प्रतिवेदनले ताल र सिरानतालका सबै घरहरु स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ । ‘ताल बजार र सिरानतालका अधिकांश घर पूर्ण क्षति र बाँकी बस्ती पूर्ण जोखिममा रहेको छ । स्थानीय र निरीक्षण टोलीबीच भएको अन्तत्र्रिmयामा समेत उनीहरुले बस्ती स्थानान्तरण माग गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ताल, सिरानतालका सबै बस्ती स्थानान्तरण र पुनर्वासको व्यवस्था गर्नुपर्ने छ । त्यसको दीर्घकालीन योजना चाहिन्छ ।’
बाढीले नाशों गाउँपालिका कार्यालय बगाएपछि लमजुङमा अस्थायी कार्यालय खोलिएको छ । अझै १ महिना गाउँ फर्किने अवस्था नरहेको अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार यो वर्षको बजेट सबै बाढी पहिरो र कोरोना नियन्त्रणमा केन्द्रित छ । सडक संरचना केही सहज बनाउन १ वर्ष लाग्ने जानकारहरु बताउँछन् । खासगरी बिजुली, खानेपानी, सडक लगायत सञ्जाल टुटेको छ । तीन वटै तहको सरकारको ध्यान मनाङको पुनरुत्थानका लागि केन्द्रित गर्न आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१