पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ बेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारी (ज्योति) को सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ । सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ ले आयोजना गरेको कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइरालाले गेट उद्घाटन गरे । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापतिसमेत रहेका कोइरालाले देशमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तन सहिदको योगदानका कारण भएको बताए ।
जनयुद्धका सहिदलाई पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सरकारले राष्ट्रिय सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित गर्न छुटेकाले कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । सांसद कोइरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आफूले ५ लाख बजेट विनियोजन गरी अहिले गेट र सहिद पार्कमा टस्ट निर्माण गरिएको उल्लेख गरे ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी कास्की सचिव बखानसिंह तमुले इन्दिरा तिवारीसँगको सहकार्यको स्मरण गरे । बखानले पार्टी कामको सिलसिलामै हिँड्दै गर्दा स्याङ्जाको आँधीघाट कुवाकोटमा सेनाले नियन्त्रणमा लिएर २०५९ साउन ४ गते इन्दिरा र लक्ष्मी गुरुङको हत्या गरेको र अन्य ३ जना सेनाको घेरा तोडेर भाग्न सफल भएको बताए ।
माओवादी केन्द्रका प्रदेश नेता एवं संविधानसभा सदस्य तेजकुमारी पौडेलले देशको आमूल परिर्वतनका लागि लडेर सहिद भएका पनि पार्टीका सहिदको रुपमा हेरिँदा दुख लाग्ने गरेको बताइन् । देश परिर्वतनका लागि लडेको महान् सहिदहरु सबै पार्टी र देशकै सहिद हुने उनको भनाइ थियो ।
माओवादी नेतृ निर्मला क्रान्ति, नेकपा एमाले वडा नं ३१ का वडाध्यक्ष गणेश थापा, एमाले नेता गोकर्ण तिवारी, स्थानीय रुद्ध अधिकारीले सहिदहरुले देखेको सपना पूरा गर्ने बाटोमा सबै लाग्नुपर्नेमा जोड दिए । देशमा राजनीतिक परिवर्तनका लागि जनयुद्धको बेला सहिद भएकाहरुको योगदान महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो । माओवादी केन्द्र वडा नं. ३१ का सचिव कृष्ण् प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा भीमबहादुर गुरुङ र सहिदकी छोरी गंगा तिवारीलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१