पोखरा । डेभिजफल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिकोत्सव अवसरमा मंगलबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २७ युनिट रगत संकलन भएको सहकारी प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पहिलो रक्तदाता लेखा समिति संयोजक तेजप्रसाद ढकाललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । उनले सहकारीको महत्वबारे बोल्दै सहकारीले मानिसको सानो सानो गर्जो टार्न सहयोगसिद्ध हुँदै गएको बताए । उनले डेभिजफल निजी क्षेत्रलाई दिने भन्ने चर्चाको विषयमा बोल्दै यसबारे सबैसँग बसेर छलफल गरिने दोहो¥याए ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको भन्दै सहकारीको क्रियाकलापको प्रशंसा गरे ।
कार्यक्रममा रेडक्रस सोसाइटी वडा १७ का सभापति झपिन्द्रराज रेग्मी, कांग्रेस वडा १७ सभापति देवराज आचार्य, सहकारी सल्लाहकार एवं शीतल बचत तथा ऋण सहकारीका उपाध्यक्ष युवराज लामिछाने ‘युवक’, डेभिजफल टोल विकास संस्थाका अध्यक्ष प्रवीण पौडेल, सल्लाहकार देवीबहादुर थापा, योगनाथ ढकाल, लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
सहकारी अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीष्मजी कार्कीले स्वागत र सचिव राजेन्द्रबहादुर थापाले सञ्चालन गरेका थिए ।
सो अवसरमा डेभिजफल बचत तथा ऋण सहकारीले पोखरा महानगर र वडा नम्बर १७ कार्यालयलाई कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा सामग्री समेत हस्तान्तरण गरेको छ ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१