काठमाडौं, २९ असार । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीमा नियुक्ति गर्दाको भाषा सच्चिएपछि उनी शपथ ग्रहणका लागि राजी भएका हुन् ।
उनले मंगलबार पाँचौ पटक प्रधानमन्त्रीको सपथग्रहण गरे। साथै उनले ५ सदस्यीय मन्त्रिपरिषद् गठनसमेत गरेका छन् । संविधानतः ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती भने कायम छ ।
देउवा नेतृत्वको मन्त्रिमण्डलमा बालकृष्ण खाँड गृहमन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री तथा माओवादी नेतृ पम्फा भुसाल ऊर्जा मन्त्री बनेकी छन् । देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानुन मन्त्रीको शपथ लिए ।
सोमबार सर्वोच्चको फैसलाबमोजिम साथै नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१