पोखराका पुराना पर्यटन व्यवसायी गोविन्दप्रसादको निधन

आदर्श समाज सम्वाददाता
असार २७, २०७८
217441003_4402682356437632_8683564864620268322_n

पोखरा, २७ असार । पोखराका पुराना पर्यटन व्यवसायी गोविन्दप्रसाद शर्मा ‘बिखर्ची’ को निधन भएको छ । उनको ७९ वर्षको उमेरमा आइतबार बिहान ४ः१० बजे निधन भएको हो ।

उनको आइतबार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।

विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहेका बिखर्चीको निधनपछि लेकसाइडवासीले एउटा अभिभावक गुमाएको महसुस गरेका छन् । उनी कम्युनिष्ट आन्दोलन सफल पार्न सहयोग पुर्‍याउने पुराना र अगुवा नेता समेत थिए ।

उनका २ श्रीमती, ३ छोरा २ छोरी छन् । एक छोरा विश्वराज पौडेल रेवान पोखराका द्वितीय उपाध्यक्ष हुन् । विश्वराज र अर्का छोरा भीष्म मिलेर लेकसाइडमा चिल्लीबार र डान्सिङ बार रेस्टुरेन्ट चलाउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width